अब देखि विद्यालयले कुनै पनि फी लिन नपाउने अदालतले नै जारी गर्यो आदेश.

समाचार

अब देखि विद्यालयले कुनै पनि फी लिन नपाउने अदालतले नै जारी गर्यो आदेश

सुर्खेत । उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयले लिने गरेको नियम विपरीत शुल्कमा रोक लगाएको छ ।

उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश शेषराज शिवाकोटी र न्यायाधीश राजेश्वर तिवारीको इजलासले नियम विपरीत लिने गरिएका शुल्कलाई आगामी शैक्षिक सत्रदेखि नलिन हिजो (बिहीबार) विपक्षीका नाममा परमादेश जारी गरेको हो ।

सरकारी अनुदानमा सञ्चालित विद्यालयले विद्यार्थीबाट विभिन्न बहानामा शुल्क लिने कार्य नेपालको संविधानको धारा ३१ द्वारा प्रदत्त मौलिक हकको विपरीत भएकाले रोक्न माग गर्दै दायर भएको रिटमाथि सुनुवाइ गर्दै अदालतले भनेको छ, ‘हालसम्म जे–जुनरूपमा शुल्क लिने गरिएता पनि आगामी शैक्षिक सत्रदेखि कानुन विपरीत कुनै पनि शुल्क नलिनू ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित जननमूना माध्यमिक विद्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा शुल्क लिने गरेको गुनासो बढेपछि अधिवक्ता खगेन्द्र खनालले यही साउन १० गते उच्च अदालतमा रिट दायर गरेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उक्त रिट निवेदनमा विद्यार्थी भर्नाका समयमा बैङ्क खातामा पैसा जम्मा गर्न लगाउने र उक्त भौचर लिएपछि मात्र भर्ना गर्ने कार्यले निःशुल्क शिक्षासम्बन्धी हकको हनन भई संविधानको भावना विपरीतको कार्य भएकाले रोक्न माग गरिएको थियो****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *